Sagun Khabar
बैतडीमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै, सक्रिय संक्रमितको संख्या ५४३ पुग्यो 

बैतडी–बैतडीमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । दैनिक संक्रमितहरुको संख्या बढ्दै गएको र कोरोना समुदायमा व्यापक रुपमा फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । शनिबार एकैदिन १ सय ११ जनामा कोरोना पुष्टि भएको उनले बताए ।

पछिल्लो समयमा दशरथचन्द नगरपालिका र पाटन नगरपालिका कोरोनाको हटस्पट बन्दै गएको छ । एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ जना र पीसीआर विधिबाट परीक्षण गर्दा १०६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Atrya hospital

एन्टीजेन विधिबाट परीक्षण गर्र्दा बझाङको बित्थडका ५८ बर्षीय पुरुष, दशरथचन्द नगरपालिका ६ का १४ र २० बर्षीय महिला, सुर्नया गाउँपालिका ४ का १९ बर्षीय पुरुष र मेलौली नगरपालिका २ का ५८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा पाटन नगरपालिकाका ५२, पञ्चेश्वर गाउँपालिकाका ३६, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका ८÷८ र दशरथचन्द नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार थप १११ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा सक्रिय संक्रमितको संख्या ५४३ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २३१ जना, पाटन नगरपालिकामा १२९ जना, पुर्चौंडी नगरपालिकामा ३४ जना र मेलौली नगरपालिकामा २३ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६६ जना, सुर्नया गाउँपालिकामा २० जना, शिवनाथ गाउँपालिकामा १९ जना, दोगडाकेदार गाउँपालिकामा १२ जना र सिगास गाउँपालिकामा ९ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार बैतडीमा २ जनाले कोरोना जितेका छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update