Sagun Khabar
बैतडी पाटन ४ अंइरा सैनामा खानेपानीको चरम समस्या

बैतडी- बैतडीको पाटन नगरपालीका वडा नं ४ को अंइरा सैनामा खानेपानीको चरम समस्या रहेकोले स्थानीय बासि मर्कामा परेका छन । त्यहाँका करिब ९० घर परिवार १ घण्टाको दुरिमा जडेपानी मुलबाट खानेपानीको जोहो गरिरहेका छन । एक घण्टाको बाटोमा पानी बोकेर सरसफाई लगायत गाई बस्तुको लागि जाहो गर्नु परिरहेकोे स्थानिय कमला ऐरीले बताए ।

अंइरा सैनामा रहेको बर्थिङ सेन्टरमा समेत पानी नहुदा समस्या हुने गरेको अर्का स्थानीय नारद ऐरीको भनाई छ । बर्खा याममा आकाशे पानी जम्मा भएर केही सहज हुने भएपनि हिउंदको समयमा बर्थिङ सेन्टरमा झन समस्या हुने गरेको स्थानियहरुले बताएका छन् ।

Atrya hospital

यता वडा कार्यालयले भने पानीको लागि पहिला देखि नै प्रयासमा रहेको र पानीको मुहान नहुँदा समस्या भईरहेको जनाएको छ । पानीको समस्या समाधानका लागि वडाको बजेटले मात्रै प्रयाप्त नहुने भएकोले नगरपालिका,प्रदेश सरकार सगँ माग गर्दा पनी कतैबाट सहयोग नमीलेको वडा अध्यक्ष दिपक विष्टले बताए ।

आफुलाइ त्यहाँका नागरिकहरूको समस्या राम्रो सँग थाहा भएको र छिटृै पानीको समस्या समाधानको लागि थप पहल गर्ने अध्यक्ष बिष्टको भनाइ रहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १९:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update