Sagun Khabar
बैतडीको सुर्नयामा पनि अब एम्बुलेन्स 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा पनि अब एम्बुलेन्स उपलब्ध भएको छ । गाउँपालिकाका लागि खरीद गरिएको एम्बुलेन्स जिल्लामा ल्याईसकेको स्वास्थ्य कार्यालयका प्रुमख योगेशप्रसाद भट्टले बताए । 

खरीद प्रक्रिया शुरु गरेको झण्डै एक बर्षपछि एम्बुलेन्स ल्याईएको हो । कोरोना भाइरसका कारण एम्बुलेन्स खरीद प्रक्रियामा ढिलाई भएको प्रमुख भट्टले बताए । 

Atrya hospital

बैतडी क्षेत्र नं (क)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट  (आदित्य)ले प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गत आर्थिक बर्षमा एम्बुलेन्स खरीदका लागि १२ लाख बजेट विनियोजन गरेका थिए । 

सोही बजेट मार्फत स्वास्थ्य कार्यालयले एम्बुलेन्स खरीद गरेको हो । बिहीबार गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी रहेको प्रदेशसभा सदस्य भट्टले बताए । 

जिल्लाको सुर्नया गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुलाई सास्ती हुँदै आएको थियो । स्थानीयहरुको मार्कालाई ध्यानमा राखेर आफूले प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत एम्बुलेन्सका लागि बजेट विनियोजन गरेको र अब स्थानीयहरुलाई सहज हुने प्रदेशसभा सदस्य भट्टले बताए । 

गाउँपालिकाका लागि एम्बुलेन्स खरीद भएपछि अब अन्यत्र रेफर गर्नुपर्ने आकास्मिक बिरामीहरुका लागि सहज हुने विश्वास गरिएको छ । यो संगै जिल्लाका ८ ओटा स्थानीय तहसंग आफ्नै एम्बुलेन्स भएका छन् । सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा मात्रै एम्बुलेन्स नभएको स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update