Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण 

बैतडी – बैतडीको सुर्नया गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । बिहीबार वासुलिंग स्वास्थ्यचौकीमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महरालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । 

बैतडी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । प्रदेश सभा सदस्य भट्टले गत आर्थिक बर्षमा सुर्नयामा एम्बुलेन्स खरीदका लागि प्रदेश पूर्वाधार विकास कार्यक्रम मार्फत १२ लाख बजेट विनियोजन गरेका थिए । 

Atrya hospital

सोही रकमबाट स्वास्थ्य कार्यालय मार्फत गाउँपालिकाका एम्बुलेन्स खरीद गरिएको हो । कोरोना कारण खरीद प्रक्रिया शुरु भएको झण्डै एक बर्षपछि एम्बुलेन्स खरीद भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

सुर्नया गाउँपालिकामा पनि एम्बुलेन्स भएपछि अब आकस्मिक बिरामीहरुका लागि सजिलो भएको छ । यो संगै जिल्लाका ८ ओटा स्थानीय तहसंग आफ्नै एम्बुलेन्स भएका छन् । जिल्लाका सिगास गाउँपालिका र पुर्चौैंडी नगरपालिकासंग मात्रै एम्बुलेन्स नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update