Sagun Khabar
बैतडीका डम्मरको हत्यापछि गाउँमा त्रास

बैतडी–बैतडीको सुर्नया गाउँपालिका ६ खर्काधारका ३० बर्षीय डम्मर अवस्थी हत्यापछि शव गाडिएको अवस्थामा फेला परेपछि अहिले गाउँमा त्रास फैलिएको छ । अहिले सम्म गाउँकै हरिश अवस्थीको हत्यामा संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

गएको मंसिर १४ गते साँझबाट हराएका डम्मरको शव घर नजिकैको जंगलको गुफामा गाडिएको अवस्थामा फेला परेको हो । सुर्नया ६ कलालबसेका हरिश अवस्थीले अपहरणको नाटक गरेपछि डम्मरको हत्याको रहस्य खुलेको हो । 
प्रहरी नियन्त्रणमा रहेका हरिशले नै लोकेसन दिएपछि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । हत्यामा अरुको पनि संलग्नताका बिषयमा अनुसन्धान भईरहेको उनले बताए । 

Atrya hospital

एकै ठाउँका गाउँलेको गाउँले नै हत्या गरेपछि अहिले गाउँमा त्रास फैलिएको छ । यस्तो खालको घटना अहिले सम्म गाउँमा नभएको र यसले सबैलाई झस्काएको स्थानीय दिवाकर अवस्थीले बताए । गाउँकै आफन्तले हत्या गरेकाले गाउँमा त्रास फैलिएको उनले बताए । उनले भने ‘हत्यामा एकजनाको युवाको संलग्नता भएको पुष्टि भईसकेको छ । अरुको पनि खोजी होला । तर यो घटनाले गाउँमा निकै त्रास फैलाएको छ ।’

गाउँकै मानिसको हत्या गरेर गाउँ नजिकै शव गाडेको फेला परेपछि अहिले गाउँ शोकमग्न भएको मृतकका दाजु तीर्थराज अवस्थीले बताए । उनले भने ‘भाईको हत्यामा अरु पनि संलग्न हुन सक्छन् । अनुसन्धान गरियोस भन्ने हाम्रो माग छ ।’ 

यसैबीच डम्मरको शव आफन्तले बुझ्न मानेका छैनन् । डम्मरको हत्यामा अरु पनि संलग्न भएको भन्दै आफन्तहरुले शव नबुझेका हुन् । डम्मर विप्लव माओवादीका कार्यकर्ता समेत भएकाले उनको पार्टीले समेत अन्य दोषी पत्ता नलाग्दा सम्म शव नबुझ्ने अडान लिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update