बैतडी –बैतडीमा आज थप सात जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिकाका ४, पुर्चौंडी नगरपालिकाका २ र मेलौली नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए ।
जिल्लामा अहिले १५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्ला केही दिन यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८ १७:५४
प्रतिक्रिया दिनुहोस्