बैतडी –बैतडीको पाटनमा बिहीबार साँझ फेला परेको शवको पहिचान भएको छ । उक्त शव जिल्लाको दशरथचन्द नगरपालिका ४ का २६ बर्षीय सुरत भुल रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
पाटन नगरपालिका ६ हिरापुर नजिक सडकभन्दा करीब ५० मिटर तल शव फेला परेको थियो । सुरत दशैंपछि रोजगारीका लागि भारत गएका र उनी जण्डिसको बिरामी रहेका बुझिएको छ । भारतबाट घर फर्किदै गर्दा बाटोमै सुरतको मृत्यु भएको हो ।
तर उनको कसरी मृत्यु भयो, कहिले भारतबाट फर्के भन्ने कुरा अझै खुल्न बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक शाहीले बताए ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८ ०७:२९
प्रतिक्रिया दिनुहोस्