कैलाली -सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा थप एक दिन बिदा दिइएको छ । संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते पनि माघीको अवसरमा बिदा दिएको हो । माघ १ गते शनिबार पनि परेको छ । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघ २ गते पनि सार्वजनिक बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।
उक्त निर्णय सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ । माघ १ गते सुदूरपश्चिमको पहाडी जिल्लामा मकर संक्रान्ती पर्व मनाइन्छ भने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् । विगतदेखि नै थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन् ।
सुदूरका पहाडी जिल्लाहरुमा मकर संक्रान्तिलाई नरहरी संक्रान्तिको रुपमा मनाउने गरेका छन् ।