बैतडी –बैतडीमा फेरी कोरोना संक्रमणदर बढ्दै गएको छ । आज जिल्लामा थप ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । आज पाटन नगरपालिकाका ६ जना, दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको हो ।
यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २२ पुगेको छ । जिल्लामा आज एकजना निको भएका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ९ जना, पाटन नगरपालिकामा ६ जना, पुर्चौंडी नगरपालिकामा ३ जना, मेलौली नगरपालिकामा २ जना, सिगास गाउँपालिकामा एकजना र जिल्ला बाहिरका एकजना रहेका छन् ।
कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८ १७:२९
प्रतिक्रिया दिनुहोस्