बैतडी – बैतडीको मेलौली नगरपालिकाको नवौं नगरसभा शुक्रबार सम्पन्न भएको छ । योजना तथा बजेट संशोधन लगायतका निर्णयहरु पारित गर्दै नगरसभा सम्पन्न भएको नगरपालिकाकी उपप्रमुख राधा ओझाले जानकारी दिइन् ।
नगरसभाले यसअघि नगरकार्यपालिकाले गरेका निर्णयहरु समेत अनुमोदन गरेको उनले बताइन् । यस्तै वडाको संख्या र सीमा हेरफेर सम्बन्धि प्रस्ताव पनि नगरसभाले पारित गरेको छ ।
केही वडाको सीमा हेरफेर गर्नुपर्ने माग आएकाले सोही अनुसार नगरसभाले सो प्रस्ताव पारित गरेको हो । नगरसभाले निर्णय गरेपछि संख्या र सीमा हेरफेरका लागि पालिकाले प्रदेश सरकार र संघ सरकारलाई पत्र पठाउन सक्नेछ ।
नगरप्रमुख कृष्णसिंह नायकको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा सभाका सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, माघ १, २०७८ ०९:११
प्रतिक्रिया दिनुहोस्