बैतडी – अदुवाले बजार नपाउँदा बैतडीको पाटन नगरपालिका वडा नं २ ढुंगेलीका किसान समस्यामा परेका छन् । अन्य खेतीको तुलनामा अदुवाबाट फाइदा हुने आस गरेका किसान उचित मूल्य नपाउँदा समस्यामा परेका छन् ।
बिचौलियाहरुले अदुवाको मूल्य २०–२५ रुपैंया प्रतिकेजी मात्रै दिन थालेपछि आफूहरु समस्या परेको किसान भागरथी पन्तले बताइन् । उनले भनिन् ‘मिहनेत गरेर अदुवा लगाइयो । तर अहिले बजार भाउ नपाउँदा समस्यामा परेका छौं ।’
प्रतिकेजी एकसय रुपैंयाका दरले अदुवाको बीउ खरीद गरेर अदुवा लगाएका किसानहरु बजार नपाउँदा समस्या परेका अर्का किसान हरु पन्तले बताइन् ।
अदुवाले बजार नपाउँदा ढुंगेली गाउँमा २५ परिवार किसानहरुलाई अहिले निकै समस्या भएको छ । अन्य खेती जंगली जनावरले नष्ट गर्दा अदुवा खेतीमा लागेका किसान उचित मूल्य नपाउँदा समस्यामा परेका स्थानीय किसान करुणकर पन्तले बताए । उनले भने ‘उत्पादन राम्रो भएको थियो । तर बजार भाउ नपाउँदा समस्यामा परेका छौं ।’
व्यवसायिक खेतीमा लागेका किसानहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि नगरपालिकाले समेत केही पहल नगर्दा किसानहरु समस्या परेका छन् ।