Sagun Khabar
सुदूरपश्चिममा शनिबार थप २८३ जनामा कोरोना पुष्टि 

बैतडी –सुदूरपश्चिममा शनिबार थप २८३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पीसीआर र एन्टीजेन विधिमार्फत १ हजार ४२९ जनाको नमूना परीक्षण गर्दा थप २८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।  

पीसीआर परीक्षण गर्दा कैलालीका १०४, कञ्चनपुरका १०, बाजुराका ९,अछामका २ र अन्य जिल्लाका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै एन्टीजेन परीक्षणमा कैलालीका १ सय, कञ्चनपुरका ४५, दार्चुलाका ५ र बझाङका ४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

Atrya hospital

पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु समेत भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । कैलालीको कैलारी गाउँपालिका वडा नं ५ की ५३ बर्षीया महिलाको मृत्यु भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ८ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update