बैतडी –पुख्र्यौली घर बैतडी भएकी एक महिलाको चितुवाको आक्रमणबाट भारतमा मृत्यु भएको छ । गएको ५,६ बर्ष यता भारतको उत्तराखण्डस्थित नानकमत्तामा बस्दै आएकी अन्दाजी २९ बर्षीया आरती चन्दको मृत्यु भएको हो ।
आज दिउँसो घाँस काट्नका लागि जंगल गएकी चन्दको चितुवाको आक्रमणबाट मृत्यु भएको उनका आफन्त जय चन्दले बताए । आरतीका परिवार अहिले भारतमा बस्दै आईरहेको छ । उनका श्रीमान र दुई छोरा रहेका छन् ।
चन्दको पुख्यौली घर बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ५ गिरेगडा हालडमा रहेको उनका आफन्त जय चन्दले बताए ।
प्रकाशित मिति: शनिबार, माघ १, २०७८ १८:४९
प्रतिक्रिया दिनुहोस्