बैतडी –सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको छ । माघी पर्वको अवसरमा प्रदेश सरकारले आज पनि बिदा दिएको हो । संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएको दिएको थियो । माघ १ गते शनिबार परेको थियो ।
२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आज पनि सार्वजनिक बिदा दिइएको हो । उक्त निर्णय सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।
माघ १ गते सुदूरपश्चिमको पहाडी जिल्लामा मकर संक्रान्ती (नरहरी) पर्व मनाइन्छ भने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् । विगतदेखि नै थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८ ०८:४५
प्रतिक्रिया दिनुहोस्