Sagun Khabar
बैतडीको कठपते टोलमा खानेपानीको चरम समस्या

 बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं १०को कठपते टोलमा खानेपानीको चरम समस्या भएको छ । सो गाउँका ४५ घरपरिवारले खानेपानीको समस्या झेलीरहेका स्थानीय लोकबहादुर महराले बताए । उनले भने ‘खानेपानीको अभावमा राती अनिँदो बस्नुपर्ने बाध्यता रही आएको छ । गाउँमा खानेपानीको अभाव हुँदा टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रही आएको छ ।’

सो गाउँमा २०५२ सालमा मौकेढुंगा मूहानबाट पानी ल्याइएको भएपनि पछिल्लो समयमा मूहानमा विवाद भएपछि खानेपानीको समस्या भएको हो । मूहान नजिकका स्थानीयहरुले खानेपानी नदिएपछि स्थानीय सरकार र प्रदेश सरकारले खानेपानीका लागि छुट्याएको रकम समेत फ्रिज भएको छ । मूहान नजिकका मानिसहरुले खानेपानी नदिएपछि समस्या भएको अर्का स्थानीय किसन महराले बताए । 

Atrya hospital

गाउँका साथै गलेश्वर माविमा समेत खानेपानीको चरम समस्या रहेको स्थानीयहरुले बताएका छन् । गाउँमै रहेको प्रसुती सेवा केन्द्रमा समेत पानीको अभाव हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । 

अहिले मौकेढुंगाकै तल्लो मूहानबाट गाउँलेहरुले आफ्नै लगानिमा पानी ल्याएका भएपनि सो पानीले समेत पूर्ती हुन नसकेको स्थानीय कृष्ण महराले बताए । उनले भने ‘खानेपानीको अभावमा हामीहरुलाई धेरै समस्या छ । यो समस्या समाधानका लागि सरकारसंग आग्रह गर्दा समेत पहल हुन सकेको छैन् ।’

कठपते टोलमा देखिएको खानेपानीको समस्या समाधानका लागि पहल गर्ने पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष जीतबहादुर बिष्टले बताए । खानेपानीको मूहानका बिषयमा देखिएको विवाद समाधानका लागि पहल गर्ने उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update