बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाको सिल्लेगडामा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयबासीहरुलाई सञ्चारको समस्या भएको छ । टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको स्थानीय हरिसिंह ऐरीले बताए ।
सिल्लेगडाको टावरमा केही दिन अघि परेको चट्याङले क्षति पुर्याएकाले नेटवर्कमा समस्या भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले बताए । टावर मर्मतको काम शुरु भईसकेकाले एकदुई दिनमै समस्या समाधान हुने उनले बताए ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८ १४:०३
प्रतिक्रिया दिनुहोस्