बैतडी –सुदूरपश्चिममा आइतबार थप १८४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा १ हजार ४८७ जनाको नमूना परीक्षण गर्दा थप १८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
पीसीआर विधिबाट गरिएको परीक्षणमा अछामका ५ जना, कञ्चनपुरका एक जना र अन्य जिल्लाका एकजनामा कोरोना पुष्टि भएको निर्देशनालय जनाएको छ । यस्तै एन्टीजेन परीक्षण गर्दा कञ्चनपुरमा ९३, कैलालीमा ७२, बैतडीमा ७ र दार्चुलामा ५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाको मृत्यु भएको छ । बाजुराको खप्तडछेडदह गाउँपालिका वडा नं २ का ५२ बर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ८ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८ १७:४६
प्रतिक्रिया दिनुहोस्