Sagun Khabar
बैतडीमा आइतबार थप ११ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा आइतबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । पञ्चेश्वर गाउँपालिकाका ५ जना, दशरथचन्द नगरपालिकाका चार जना, पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो । यस्तै जिल्ला बाहिरका एकजनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । 

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३१ पुगेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ११ जना, पाटन नगरपालिकामा ६ जना, पञ्चेश्वर गाउँपालिकामा ५ जना, पुर्चौंडी नगरपालिकामा ३ जना, सिगास गाउँपालिकामा २ जना, मेलौली नगरपालिकामा २ जना र सुर्नया गाउँपालिकामा एक जना रहेका छन् । यस्तै जिल्ला बाहिर एकजना सक्रिय संक्रमित बैतडीमा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update