बैतडी –बैतडीमा ९९ हजार ७५९ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्लामा १ लाख ३३ हजार ८८१ जनाले खोपको पहिलो मात्रा पाएका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए ।
जिल्लाका १० ओटै स्थानीय तहका वडाहरुमा रहेका खोप केन्द्रबाट अहिले पनि कोरोना विरुद्धको खोप अभियान सञ्चालन भईरहेको उनले बताए ।
जिल्लाको डिलाशैनी गाउँपालिकामा १७ हजार ७७३ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार ४४३ जनाले पूर्ण खोप लगाएका छन् । यसैगरी दोगडाकेदार गाउँपालिकामा ८ हजार ९९५ जनाले पहिलो मात्रा लगाएका छन् भने ८ हजार ५९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
जिल्लाको पुर्र्चाैडी नगरपालिकामा १९ हजार ५५३ जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् भने १० हजार ३३६ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् । यसैगरी सुर्नया गाउँपालिकामा ९ हजार ३०३ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ६ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यस्तै दशरथचन्द नगरपालिकामा २४ हजार ५५ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने २२ हजार १७ जनाले पूर्ण मात्रा खोप पाएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिकामा ८ हजार ३८० जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् भने ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी जिल्लाको शिवनाथ गाउँपालिकामा ७ हजार ३५० जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ४ हजार ४६५ जनाले पूर्ण खोप लगाएका छन् । यसैगरी मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् भने ७ हजार ४१० जनाले पूर्ण खोप पाएका छन् ।
यसैगरी पाटन नगरपालिकाका १५ हजार २८२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भन् २१ हजार ३७० जनाले पूर्ण खोप पाएका छन् । सिगास गाउँपालिकामा ९ हजार ५७१ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३ हजार ३३७ जनाले पूर्ण खोप पाएका छन् ।
जिल्लामा १२ बर्षदेखि माथिका ३७.१ प्रतिशत नागरिकले कोरोना विरुद्ध पूर्ण खोप पाएका छन् भने ४९.८ प्रतिशत नागरिकले खोपको पहिलो मात्रा पाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।