Sagun Khabar
बैतडीमा डम्मर हत्या प्रकरण : विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन जारी 

बैतडी –बैतडीको सुर्नया  ६ मा बिभत्स हत्या गरिएका आफ्ना कार्यकर्ता डम्मर अवस्थीका सबै हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै विप्लव नेतृत्वको नेकपाले सोमबार सुर्नया गाउँपालिका र वडा नं ६ को कार्यालय घेराउ गरेको छ । 

आजै उनीहरुले सतबाँझ– श्रीभावर सडक खण्ड केही समयका लागि अवरुद्ध समेत गरेका थिए । यस्तै सुर्नयाको सन्शेरीमाण्डौं बजारमा समेत आजै बिरोध प्रदर्शन गरिएको नेकपाका सुर्नया सचिव अम्बादत्त अवस्थीले बताए ।

Atrya hospital

डम्मर अवस्थीको हत्यामा संलग्न सबैलाइ खोजि गरी कारवाही गर्नुपर्ने , पिडित परिवारलाइ उचित क्षतिपूर्ति दिनुपर्ने ,डम्मर अवस्थीलाइ शहीद घोषणा गर्नुपर्ने माग राख्दै सुर्नया ६ नं वडा कार्यालय र गाउँपालिका कार्यालय घेराउ गरिएको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव रामसिंह कँुवरले बताए ।

डम्मर अवस्थीको हत्यामा संलग्न हरिश अवस्थीलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ भने हत्यामा संलग्न भएको आशंकामा सुर्नया ६ कै नवराज अवस्थीलाइ समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक बोधराज ओझाले बताए । 

पिडित परिवारले भने परिवारको सुरक्षाको ग्यारेन्टी नहुँदा सम्म र बाँकी दोषी पत्ता नलाग्दा सम्म शव नबुझ्ने बताउँदै आएका छन् । 
 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update