Sagun Khabar
झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्यो 
फाइल फोटो

बैतडी –भारतमा कोरोनाको ओमीक्रोन भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि रोजगारीका लागि भारत गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका नेपालीहरु झुलाघाट नाकाबाट फर्कन क्रम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

भारतमा ओमीक्रोनको संक्रमण बढ्दै गएपछि नेपालीहरु स्वदेश फर्कन थालेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । झुलाघाट नाका भएर स्वदेश फर्कनेहरुको कोरोना परीक्षण गरेर मात्रै भित्र्याउने गरिएको उनले बताए । 

Atrya hospital

दैनिक एक सय बढी नागरिक झुलाघाट नाका भएर स्वदेश फर्किरहेका सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि झुलाघाट नाकाबाट फर्कनेको संख्या बढेको हो । अहिले नाकाबाट भारत पस्ने भन्दा फर्कनेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

पछिल्लो १५ दिन यता झुलाघाट नाकाबाट स्वदेश फर्कनको संख्या ह्वात्तै बढेको छ । नाकामै कोरोना परीक्षण गर्दा फर्किनेमध्ये केहीमा कोरोना समेत पुष्टि भएको छ । कोरोना पुष्टि भएकाहरुलाई होम आइसोलेसनमा बस्ने गरेर पठाउने गरेको गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

होम आइसोलेसनमा बसेकाहरुले स्वास्थ्यका मापदण्ड नअपनाए समुदायमा कोरोना संक्रमण फैलिने खतरा पनि बढ्दै गएको छ । होम आइसोलेसनका लागि उपयुक्त घर नहुँदा पनि समस्या भएको छ । एकै शौचालय, पानी धारा प्रयोग गर्नुपर्ने बाध्यता संक्रमितहरुलाई रहेको छ । यसले गर्दा संक्रमण फैलिने खतरा बढ्दै गएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update