Sagun Khabar
सुदूरपश्चिममा सोमबार थप ३४५ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार थप ३४५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा १ हजार २७५ जनाको नमूना परीक्षण गर्दा थप ३४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा कैलालीका ८७, बैतडीका ९ जना, डोटीका २ जना, कञ्चनपुरका २ जना, दार्चुलाका एकजना र अन्य जिल्लाका एकजनामा कोरोना पुष्टि भएको छ । 

यस्तै एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा कञ्चनपुरका १२३ जना, कैलालीका ९५ जना, डडेल्धुराका ६ जना, दार्चुलाका ६ जना र बैतडीका ५ जनामा कोरोना पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा प्रदेशभरी १२ जना संक्रमणमुक्त भएका छन् ।  
 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update