Sagun Khabar
बाँदरले बालीनाली सखाप पार्न थालेपछि बैतडीका किसान हैरान 

बैतडी – बैतडीका विभिन्न स्थानमा बाँदरले बालीनाली सखाप पार्न थालेपछि किसानहरु हैरान भएका छन् । बारीमा लगाएको सबै बालीनाली बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझै छोड्नुपर्ने अवस्था आएको पाटन नगरपालिका २ सिमोडाका किसान नन्दसिंह ऐरीले बताए । बिहान ५ बजेदेखि बाँदर धपाउन खेतमा ड्युटी गर्नुपरीरहेको उनले बताए । उनले भने ‘बारी छोडेर गए बाँदरले केही पनि राख्दैन् । दिनभरी भोकै बसेर पहरा दिनुपरीरहेको छ ।’

जिल्लाको पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरले आतंक मच्चाएको स्थानीयहरुले बताएका छन् । बाँदरले बारीको गहुँ चुड्ने गरेको छ भने उखुबारी सबै नष्ट गरेको छ । यस्तै फलफूल समेत केही बाँकी नराखेको ऐरीले बताए । 

Atrya hospital

जिल्लाको दशरथचन्द नगरपालिकाको वडा नं ५ र ८ मा बाँदरकै धेरै जसोले खेत बाँझै छोडेका स्थानीय डम्मर टमटाले बताए । बाँदरकै कारण धेरै मानिसहरु पलायन समेत भईसकेका उनले बताए । 

पाटन नगरपालिकाको वडा नं २ मा बाँदरको आतंक बढ्दै गएको स्थानीयहरुले बताएका छन् । बाँदर धपाउने केही उपायका लागि नगरपालिकासंग माग गरेको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको स्थानीयहरुको गुनासो रही आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update