बैतडी – सुन्दर सुदूरपश्चिमेली युवा समाज भारतले सुर्नया गाउँपालिका वडा नं ५ धुलिधार बस्ने जनकबहादुर बिष्टलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजले विभिन्न ठाउँबाट संकलन गरिएको रकम बिष्टलाई हस्तान्तरण गरिएको सुन्दर सुदूरपश्चिमेली युवा समाजका अभियान्ता निरन्जन बिष्टले बताए ।
समाजका अभियान्ता अभियान्ता शंकर तिरुवा, अध्यक्ष राजेन्द्र बिष्ट, कलासंस्कृति विभागका संयोजक नरेन्द्र साउद लगायतको पहलमा १० हजार ६ सय रुपैंया संकलन गरि हस्तान्तरण गरिएको बिष्टले बताए ।
बिष्टको उपचारको क्रममा खुट्टा काट्नुपरेको र अहिले विभिन्न आर्थिक समस्या भएकाले उनलाई आर्थिक सहयोग गरिएको बिष्टले बताए । समाजले समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८ ११:५८
प्रतिक्रिया दिनुहोस्