Sagun Khabar
कोरोना जोखिम बढ्दै, बैतडीका स्थानीय तहमा पूर्व तयारी छैन् 

बैतडी –कोरोना संक्रमणको जोखिम बढ्दै गएपनि बैतडीका स्थानीय तहहरुले कोरोनासंग जुध्न खासै तयारी गरेका छैनन् । स्थानीय प्रशासनले दशओटै स्थानीय तहलाई आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न आग्रह गरेको भएपनि जिल्लाका तीनओटा स्थानीय तहहरुले मात्रै आइसोलेसन कक्ष सञ्चालनमा ल्याएका छन् । 

जिल्लाका १० ओटा स्थानीय तहमध्ये दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र सुर्नया गाउँपालिकाले मात्रै आइसोलेसन कक्ष सञ्चालनमा ल्याएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

Atrya hospital

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाको आइसोलेसन कक्षमा संक्रमित बसेका भएपनि पाटनको आइसोलेसन कक्षमा संक्रमित बसेका छैनन् । जिल्लाका धेरै जसो ठाउँमा संक्रमित भएका भएपनि उनीहरु होम आइसोलेसनमै बसीरहेका छन् । 

संक्रमितहरुका लागि संस्थागत आइसोलेसनको व्यवस्था नहुँदा कोरोनाको जोखिम बढ्दै गएको छ । यसले समुदायमा कोरोना फैलिने सम्भावना बढ्दै गएको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने ‘हामी सतर्कता अपनाउन सकेनौं भने समुदायमा कोरोना फैलिने डर । होम आइसोलेसनमा बसेकाहरुले पनि स्वास्थ्यका मापदण्ड अपनाउनु आवश्यक छ ।’
जिल्ला कोभीड समन्वय समितिले सबै स्थानीय तहहरुलाई आवश्यक पूर्व तयारी गर्न आग्रह गरेको भएपनि स्थानीय तहहरुको ध्यान कोभीड नियन्त्रणमा जान सकेको छैन् । 

जिल्लामा भारतबाट फर्कने नागरिकको संख्या बढ्दै गएकाले कोरोना संक्रमण पनि बढ्दै जाने आँकलन गरिएको छ । भारतबाट फर्कने अधिकांश नागरिकमा कोरोना पुष्टि हुने गरेको हेल्थ डेस्क झुलाघाटले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update