Sagun Khabar
बैतडीमा डम्मर हत्या प्रकरण : विप्लव नेतृत्वको नेकपाको प्रदर्शन जारी 

बैतडी – बैतडीको सुर्नया ६ खर्काधारका डम्मर अवस्थीको हत्यामा संलग्न सबैलाई कानुनी दायरमा ल्याएर कारवाही गर्नुपर्ने माग राख्दै विप्लव नेतृत्वको माओवादीले बैतडीमा प्रदर्शन जारी राखेको छ । डम्मर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् ।

डम्मरको शव फेला परेपछि नेकपाले पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने र हत्यामा संलग्न सबैलाई कानुनी कारवाही गर्नुपर्ने माग राख्दै प्रदर्शन गर्दै आएको छ । 

Atrya hospital

आज जिल्लाको सतबाँझमा प्रदर्शन गरिएको नेकपाका जिल्ला सचिव रामसिंह कुँवरले बताए । डम्मरको सामूहिक हत्या भएकाले हत्याराहरु सबै पत्ता नलाग्दा सम्म आन्दोलन जारी रहने उनले बताए । 

डम्मरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका हरिश अवस्थी र नवराज अवस्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरु दुवै जनाले हत्यामा संलग्न भएको स्वीकार गरिसकेका छन् । 

डम्मरका आफन्तले भने अझै शव पनि शव बुझेका छैनन् । उनीहरुले सबै हत्यारा पत्ता नलाग्दा सम्म शव नबुझ्ने अडान लिएका छन् । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update