Sagun Khabar
बैतडीको शिवनाथमा मृतकका परिवारलाई राहत वितरण 
Atrya hospital

बैतडी – बैतडीको शिवनाथमा बेमौसमी बर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई राहत वितरण गरिएको छ । सुदूरपश्चिम समाज दक्षिण कोरियाले संकलन गरेको नगद राहत वितरण गरिएको समाजका पूर्व अध्यक्ष जितेन्द्र महताले बताए । 

गएको कार्तिकमा परेको बेमौसमी बर्षाका कारण मृत्यु भएका शिवनाथका मीना साउँद, सन्दीप साउँद, पवित्रा पार्की, भानु पार्की र देवान पार्कीका परिवारलाई राहत वितरण गरिएको महताले बताए । 

प्रति परिवार सात हजारका दरले ३५ हजार राहत वितरण गरिएको उनले बताए । पीडित परिवारलाई थोरै सहयोग पुगोस भनेर विदेशबाट नेपालीहरुले संकलन गरेको रकम हस्तान्तरण गरिएको महताले बताए । सुदूरपश्चिम समाज दक्षिण कोरियाले लामो समयदेखि समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आईरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update