Sagun Khabar
नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो 

बैतडी –नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई आज ज्ञापन पत्र बुझाएको छ । देशैभरीको कार्यक्रम अनुसार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापन पत्र बुझाइएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य एवं एमाले बैतडीका उपसचिव सरस्वती नेपालीले बताइन् । 

संविधानमा दलितहरुको हक अधिकार प्रत्याभूत गर्नका उल्लेख गरिएका प्र्रावधानहरु लागू हुनुपर्ने, जिल्लामा भएका विभेदका घटनाका दोषीहरुलाई कारवाही हुनुपर्ने लगायतका कुराहरु ज्ञापन पत्रमा उल्लेख गरिएका छन् । 

Atrya hospital

यसैगरी अन्तरजातीय विवाहका कारण विस्थापित हुनुपरेका व्यक्तिहरुलाई उनीहरुकै गाउँमा बस्ने वातावरणको सिर्जना गर्नुपर्ने, प्राविधिक शिक्षामा दलित समुदायको पहुँच स्थापित गर्न पहल गर्नुपर्ने कुरा समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीका अध्यक्ष बलभद्र दयालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भूमीहिन, सुकुम्बासीहरुलाई निशुल्क जग्गा उपलब्ध गराउनुपर्ने कुरा समेत उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update