Sagun Khabar
भेन्टिलेर मेसिन फिर्ता नगर्न भन्दै कांग्रेस बैतडीको ज्ञापन पत्र 

बैतडी-नेपाली कांग्रेस बैतडीले जिल्ला अस्पताल बैतडीमा रहेका भेन्टिलेटर मेसिन फिर्ता मागेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला अस्पतालमा दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहिन भएको भन्दै प्रदेश सरकारले जनशक्ति भएको ठाउँका लागि फिर्ता गर्न आग्रह गरेको थियो ।

नेपाली कांग्रेस बैतडीले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई भेन्टिलेटर फिर्ता गर्नुको साटो जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ । नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा विपद्को समयमा अत्यावश्यक औषधि, जनशक्ति, अक्सिजन लगायतको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

Atrya hospital

कोरोना भाईरसको संक्रमण तीव्र रुपमा फैलिरहेका बेला भेन्टिलेटर मेसिन फिर्ताको कुरा आउनु दुखद भएको ज्ञापन पत्रमा भनिएको छ । जनताको स्वास्थ्यसंग सरोकार राख्ने बिषयमा ध्यान दिन प्रदेश सांसद तथा संघीय सांसदहरुको समेत ध्यानकर्र्षण गरिएको ज्ञापन पत्रमा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update