Sagun Khabar
डम्मरको शव एक हप्तादेखि अस्पतालमै 

बैतडी – बैतडीको सुर्नया गाउँपालिका ६ खर्काधारका डम्मर अवस्थीको शव एक हप्तादेखि जिल्ला अस्पतालमै रहेको छ । हत्या गरि घर नजिकैको गुफामा गाडेको अवस्थामा डम्मरको शव गएको पौष २८ गते प्रहरीले फेला पारेको थियो । 

अपहरणको नाटक गरेका सोही ठाउँका हरिश अवस्थीले हत्या गरेको स्वीकार गरी शव गाडेको लोकेसन दिएपछि प्रहरीले शव निकालेको हो । कुहिएको अवस्थामा फेला परेको अवस्थीको शव पोष्टमार्टम पछि जिल्ला अस्पतालमै रहेको छ । 

Atrya hospital

आफन्तहरुले डम्मरको हत्यामा संलग्न सबैको पहिचान नहुँदा सम्म शव नबुझ्ने अडान लिएका कारण शव अस्पतालमै रहेको छ । डम्मरको हत्यामा संलग्न सबैको पहिचान गरी कारवाही गर्नुपर्ने र उचित क्षतिपूर्ती दिनुपर्ने आफूहरुको माग रहेको मृतकका दाजु तीर्थराज अवस्थीले बताए । 

गएको मंसिर १४ गतेबाट हराईरहेका डम्मरको शव झण्डै डेढ महिनापछि फेला परेको हो । उनको हत्यामा सोही ठाउँका हरिश अवस्थी र नवराज अवस्थीले संलग्न रहेको स्वीकार गरिसकेका छन् । दुवै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 
 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update