कैलाली –कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारत कैलालीको गोदावरी नगरपालिका–४ का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो ।
मंगलबार राति उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनी गत पुष २२ गतेबाट अस्पतालमा उपचाररत रहेका बताइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८ ०८:४९
प्रतिक्रिया दिनुहोस्