बैतडी –बैतडीमा बुधबार थप ४ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै बझाङ र बाजुराका एक÷एक जनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए ।
यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४८ पुगेको छ । जिल्लाका ८ ओटा स्थानीय तहमा सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको डिलाशैनी र दोगडाकेदार बाहेकका सबै स्थानीय तहमा सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १५ जना, पाटन नगरपालिकामा ७ जना, पञ्चेश्वर गाउँपालिकामा ६ जना र पुर्चौंडी नगरपालिकामा ५ जना रहेका छन् । यस्तै मेलौली नगरपालिकामा ३ जना, सिगास गाउँपालिकामा २ जना, सिगास र शिवनाथ गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ८ जना सक्रिय संक्रमित रहेका छन् ।