बैतडी – सुदूरपश्चिममा बुधबार थप ४७७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा १ हजार ४७८ नमूना परीक्षण गर्दा थप ४७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
पीसीआर परीक्षण गर्दा कैलालीका १६० जना,कञ्चनपुरका २६ जना, अछामका ५ जना, बाजुरा र डोटीका दुई÷दुई जना, बैतडी, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश बाहिरका एकजनामा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै एन्टीजेन परीक्षणमा कञ्चनपुरमा १५६ जना,कैलालीमा ८३ जना, बाजुरामा १६ जना, दार्चुलामा ८ जना, बझाङमा ५ जना,बैतडीमा ४ जना, डोटीमा ३ जना र डडेल्धुरामा २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १९ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८ १८:०४
प्रतिक्रिया दिनुहोस्