Sagun Khabar
पुर्चौंडी नगरपालिकाले भाडामा लिएका जिपलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाले कोभीड संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गर्ने उद्देश्यले दुई जिप भाडामा लिएर एम्बुलेन्सको रुपमा प्रयोग गर्ने तयारी गरेको छ । 

अस्थायी कोभीड अस्पतालबाट रेफर गर्नुपरेका बिरामीहरुलाई सुविधा सम्पन्न अस्पतालमा पुर्याउनका लागि जिपहरुलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरेर भाडामा लिइएको नगर उपप्रमुख जानकी ऐर बमले जानकारी दिइन् । उनले भनिन् ‘आजै पनि एक जना बिरामीलाई आकस्मिक रुपमा डडेल्धुरा पठाउनुपर्यो । हामीले जिप भाडामा लिएर तत्कालै उनलाई डडेल्धुरा पठाएका छौं ।’

Atrya hospital

नगरपालिकाको पुरानो एम्बुलेन्स मर्मत नहुने भएपछि नगरपालिकाले नयाँ एम्बुलेन्स खरीदको प्रक्रिय अघि बढाएको भएपनि कोभीडकै कारण खरीद गर्न सकिएको छैन् । 

कोरोना महामारीका बेला नगरबासीलाई समस्या नहोस भनेर तत्कालका लागि दुईओटा जिप भाडामा लिएको उपप्रमख बमले जानकारी दिइन् । ‘हामीले एउटा अर्को जिप पनि भाडामा लिने तयारी गरेका छौं । महामारीको समयमा नागरिकलाई समस्या नहोस भन्ने हाम्रो चाहना छ ।’

पुर्चौडी नगरपालिकामा पनि कोरोनाका बिरामीहरुको संख्या बढ्दै गएको छ । अहिले नगरपालिकाका ३७ जना सक्रिय संक्रमित रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update