Sagun Khabar
बैतडीमा जनशक्ति अभावमा थन्कियो भेन्टिलेटर 

बैतडी – जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । कोरोना संक्रमण बढन थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आईसियू सञ्चालनमा आउन नसकेको हो । दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए । उनले भने ‘हामीसंग जनशक्तिको अभाव रहेको छ । त्यसैले भेन्टिलेटर सहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई शैयाको आईसीयू कक्ष सञ्चालनमा आउन सकेको छैन् । 

Atrya hospital

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको  अस्पतालका प्रमुख डा. जोशीले जानकारी दिए । आईसीयू सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा नहुँदा आईसीयू सञ्चालनमा समस्या छ ।

अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा महामारीमा पनि प्रयोगमा आउन नसकेको जिल्ला अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताए । भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट र बिशेषज्ञ चिकित्सको अभाव रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update