Sagun Khabar
बैतडी प्रशासनले भोलीदेखि आलोपालो सेवा दिने, सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहका नागरिकलाई शुक्रबारदेखि आलोपालो सेवा दिने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले आलोपालो सेवा दिइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ । यस्तै मंगलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने बुधबार सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ । 

Atrya hospital

बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 

यस्तै भोलीदेखि सरकारी कार्यालयमा सार्वजनिक सेवा लिनका लागि कोरोना विरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ । सार्वजनिक सेवा लिने नागरिकले अनिवार्य खोपकार्ड बोक्नुपर्ने र मोबाइलमै खोपकार्डको फोटो भएपनि सेवा प्रदान गरिने सूचना अधिकारी भारतीले बताए । 

खोपकार्ड साथमा रहे नरहेको अनुगमन समेत गरिने भारतीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ०९:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update