Sagun Khabar
२१ बर्षीय खडायत कांग्रेसको क्षेत्रीय समिति सदस्यमा मनोनित 

बैतडी – नेपाली कांग्रेस बैतडीको प्रदेश सभा क्षेत्र (क)को क्षेत्रीय समितिको सदस्यमा २१ बर्षीय महेश खडायत मनोनित भएका छन् । 

नेपाल विद्यार्थी संघको जिल्ला सदस्य समेत भईसकेका खडायत नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट प्रदेश प्रतिनिधिमा चयन भएका थिए । प्रदेश क्षेत्रीय कार्यसमितिले खडायतलाई क्षेत्रीय सदस्यको रुपमा मनोनित गरेको प्रदेश क्षेत्रीय समितिका सचिव रिकेशबहादुर बोहराले बताए । 

Atrya hospital

नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेको युवाहरुलाई कांग्रेसमा आकर्षण गराउन आफूले पहल गर्ने सदस्य खडायतले बताए । 

यस्तै प्रदेश क्षेत्रीय कार्यसमितिले कोषाध्यक्षमा खेमराज लुहार र सदस्यमा सुनिता भट्टलाई मनोनयन गरेको सचिव बोहराले बताए । विधान अनुसार मनोनयन गर्नुपर्ने सदस्यहरु पछि पनि मनोनयन गरिने उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update