कैलाली –धनगढीमा उपचारका लागि अस्पतालमा लगिएपछि फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन् । बैतडीको पाटन नगरपालिका– ८ केशव सिंह भाट कैलाली प्रहरीको हिरासतमा रहेका थिए ।
उनलाई पेट दुख्ने समस्या आएपछि गत मंसिर ६ गते धनगढीको निर्सग अस्पताल भर्ना गरिएको थियो । तर उनी शौचालय जान्छु भन्दै त्यहीँबाट फरार भएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा बुधबार उनलाई कञ्चनपुरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गत कात्तिक २७ गते ठगी मुद्दामा पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८ १६:४६
प्रतिक्रिया दिनुहोस्