Sagun Khabar
बैतडीको डिलाशैनीका सबै गाडी बिरामी बोक्न प्रयोग गरिने 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँपालिकाका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी र गाउँपालिकाको एम्बुलेन्स कोरोना नियन्त्रणमा प्रयोग गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिए ।

गाउँपालिकामा एक एम्बुलेन्स, र २ओटा जिप रहेकोमा सबैलाई कोरोना नियन्त्रणको काममा प्रयोग गरिने प्रमुख प्रशासकीय अधिकृत शाहले बताए  ।

Atrya hospital

गाउँपालिकामा एउटा मात्रै एम्बुलेन्स रहेकाले उक्त एम्बुलेन्सका साथै गाउँपालिकाले सरकारी प्रयोजनमा प्रयोग गर्दै आएका सबै सवारी साधन कोराना रोकथाम तथा नियन्त्रणमा लगाउने जनाएको छ । कोरोना भाईरसका संक्रमितहरु बढीरहेकाले उनीहरुको उपचार लगायतका काममा गाडीहरु प्रयोग हुने बताइएको छ ।

यसका साथै भोलीदेखि गाउँपालिकाभित्र स्वास्थ्यसेवा, सरसफाई र एम्बुलेन्स बाहेक अन्य सेवाहरु जेठ ६गते सम्मका लागी बन्द गरेको सुचनामा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update