बैतडी – बैतडीमा बिहीबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । झुलाघाट नाकामा एन्टीजेन परीक्षण गर्दा ४ जना र डडेल्धुरा अस्पातलमा पीसीआर परीक्षण गर्दा थप २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए ।
आज संक्रमित हुने मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक जना रहेका छन् । यस्तै बझाङका तीन जना र बाँकेका एकजनामा कोरोना पुष्टि भएको छ ।
यो संगै बैतडीमा सक्रिय संक्रमितको संख्या ५३ पुगेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १५ जना, पाटन नगरपालिकामा ७ जना, पञ्चेश्वर गाउँपालिकामा ७ जना र पुर्चौंडी नगरपालिकामा ४ जना रहेका छन् ।
यस्तै मेलौली नगरपालिकामा ४ जना, सिगास गाउँपालिकामा २ जना, सुर्नया र शिवनाथ गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका १२ जना सक्रिय संक्रमित रहेका छन् ।
बैतडीका १० स्थानीय तहमध्ये ८ स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित नरहेका बताइएको छ ।