Sagun Khabar
मौसममा आएको परिवर्तनले चिसो बढ्यो, उच्च क्षेत्रमा हिमपातको सम्भावना 
Atrya hospital

बैतडी –मौसममा आएको परिवर्तनले बैतडी सहितका सुदूरका पहाडी जिल्लाहरुमा चिसो ह्वात्तै बढेको छ । बादल लागेका कारण चिसो बढेको स्थानीयहरुले बताएका छन् । जिल्लाका उच्च लेकाली क्षेत्रहरुमा अत्यधिक चिसो बढेको स्थानीयहरुको भनाई रहेको छ । 

अबको तीन दिन सम्म मौसम यस्तै रहने र केही ठाउँमा हल्का बर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही ठाउँमा सिमसिम पानी पर्ने, उच्च लेकाली र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । 

देशका अधिकांश ठाउँको मौसम बदली हुँदा चिसो बढ्दै गएको छ । चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १०:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update