Sagun Khabar
बैतडीमा सक्रिय संक्रमितको संख्या ६ सय नाघ्यो 

बैतडी –बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय नाघेको छ । आइतबार थप ६७ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लाभरी सक्रिय संक्रमितको संख्या ६०६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । आज ४ निको भएर घर फर्केका छन् । 

आइतबार एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा डोटीको आदर्श गाउँपालिका ७ का ३७ बर्षीय पुरुष, सुर्नया गाउँपालिका ८ का २७ र ३८ बर्षी पुरुष, र पुर्चौंडी नगरपालिका ७ का ३५, ४२ र ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । 

Atrya hospital

यस्तै पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा दशरथचन्द नगरपालिकाका ५४, पाटन नगरपालिका र मेलौली नगरपालिका २÷२ जना र दोगडाकेदार गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २८२ जना, पाटन नगरपालिकामा १३१ जना, पुर्चौंडी नगरपालिकामा ३७ जना र मेलौली नगरपालिकामा २५ जना रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६७ जना, सुर्नया गाउँपालिकामा २२ जना, शिवनाथ गाउँपालिकामा १९ जना, दोगडाकेदार गाउँपालिकामा १५ जना र सिगास गाउँपालिकामा ९ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार बैतडीमा ४ जनाले कोरोना जितेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update