Sagun Khabar
जिल्ला अदालत बैतडीमा अत्यावश्यक बाहेकका सेवा बन्द 

बैतडी –जिल्ला अदालत बैतडीले अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ । अदालतका केही कर्मचारीमा कोरोना पुष्टि भएपछि माघ १८ गते सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका अदालतले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । 

कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अतिआवश्यक सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ । 

Atrya hospital

बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउपूर्जी जारी गर्ने कार्य गरिनेछ भने अभियोग दर्ता, बयान र थुनछेक नियमित रुपमा सञ्चालन गरिनेछ । 

यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता सम्बन्धि मुद्दा र मुद्दा फिर्ता, तामेली लगायतका कार्य पनि गरिने उल्लेख गरिएको छ । यस्तै सजाय निर्धारणका लागि पेशी तोकिएका मुद्दाहरु नियमित सुनुवाइ गरिने सूचनामा उल्लेख गरिएको छ । यी बाहेकका अन्य सेवाहरु तत्कालका लागि बन्द भएका अदालतले जनाएको छ ।   
 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update