Sagun Khabar
बैतडीमा अग्रपंक्तिमा खटिनेहरूलाइ बुस्टर डोज दिन सुरू

बैतडी

बैतडीमा पनि कोरोना विरूद्धको तेस्रो मात्रा बुस्टर डोज दिन सुरू गरिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी , पत्रकार , कर्मचारी लगायत अग्रपंक्तिमा खटिनेहरूलाइ बुस्टर डोज सुरु गरिएको हो । ।

Atrya hospital

दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका लक्षित समुहलाइ बुस्टर डोज दिइने र पहिला खोपको दुइवटा जुन मात्रा लगाएको छ तेस्रो मात्रा पनि त्यँहि दिइने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए ।

पञ्चेश्वर ,शिवनाथ ,मेलौली , शिगास , डिलाशैनी र दोगडाकेदारमा खोप पठाइसकेको र बाकी रहेका पालिका पुर्चौडि, सुर्नया र पाटनमा आइतबार सम्म खोप पुगिसक्ने हेल्थ असिस्टेन्ट केशब नेगीले बताए । बुस्टर डोज लगाउन पालिकाको प्रत्येक स्वास्थ्य केन्द्रमा लगाउन सकिने जनाएको छ ।

कोरोना विरूद्धको कुनै पनि खोपको मात्रा नपाएर छुटेकाहरूलाइ प्रत्येक पालिकाका खोप केन्द्रहरूमा जोनसोन खोपको मात्रा दिइरहेकोले सबैले गएर खोप लगाउन समेत स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ११:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update