Sagun Khabar
सुदूरपश्चिममा मेघगर्जन सहित पानी पर्ने सम्भावना 

बैतडी –आज सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्  । लुम्बिनी र कर्णाली  प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् मञ्जु बासीकाअनुसार यी तीन प्रदेशमा आज चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

सामान्यतया हिउँदमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुँदैन । तर पछिल्लो समयमा हिउँदको समयमा पनि चट्याङ्ग र असिना समेत पर्न थालेको छ ।

Atrya hospital

मौसममा आएको परिवर्तनले उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको स्थानीयहरुले बताएका छन् । भोलिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् ।

भोलि सुदूरपश्चिम सहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली रहने अनुमान छ । पर्सिदेखि भने मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । तर, पूर्णरुपमा मौसम खुल्न भने समय लाग्ने उनीहरुको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ०७:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update