बैतडी –बैतडीको सुर्नया नदी किनारमा एक बेवारिसे शव फेला परेको छ । अन्दाजी २५÷२६ बर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
पाटन नगरपालिका वडा नं ३ र ६ को सीमाना सैन्देउ नजिकै नदी किनारमा शव फेला परेको उनले बताए । स्थानीयहरुले आइतबार बिहान नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय पाटनबाट घटनास्थलतर्फ प्रहरी टोली खटिएको प्रहरी प्रवक्ता खड्काले बताए । शवको कसको भन्ने यकिन भईसकेको छैन् । घटनाका बिषयमा अनुसन्धान भईरहेको उनले बताए ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ ११:४०
प्रतिक्रिया दिनुहोस्