बैतडी –बैतडीको सुर्नया नदी किनारमा एक युवकको शव फेला परेको छ । अन्दाजी २५÷२६ बर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक नरेन्द्र धामीले बताए ।
पाटन नगरपालिका वडा नं ३ र ६ को सीमाना सैन्देउ नजिकै नदी किनारमा शव फेला परेको उनले बताए । बिहान १० बजे फेला परेको शव अहिले सम्म कसको हो भन्ने पहिचान भईसकेको छैन् । शव पहिचानमा सहयोग गरिदिन प्रहरीले आग्रह समेत गरेको उनले बताए । अहिले सम्म कोही पनि सम्पर्कमा नआएका धामीले बताए ।
कोही सम्पर्कमा नआए वेवारिसे मुचुल्का बनाएर शवलाई पोष्टमार्टमका लागि ल्याइने बताइएको छ । अहिले शव घटनास्थलमै रहेको छ ।
स्थानीयहरुले आज बिहान नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ १३:४२
प्रतिक्रिया दिनुहोस्