Sagun Khabar
बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रद्वारा आकस्मिक बाहेकका सेवा बन्द 

बैतडी –बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताए ।  

एन्टीजेन परीक्षण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चारजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको उनले बताए । केन्द्रमै कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सेवा प्रभावित भएको हो । 

Atrya hospital

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सुरक्षित प्रसुती सेवा र आकस्मिक बाहेकका अरु सेवा बन्द गरिएका दयालले बताए । कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिन थालेकाले स्वास्थ्यका मापदण्ड अपनाउन पनि उनले आग्रह गरेका छन् । 

बैतडीमा अधिकांश संक्रमित होम आइसोलेसनमा बसीरहेकाले समुदायमै कोरोना फैलिसकेको छ । तर स्थानीय तहहरुले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रयास नगरेको गुनासो आउन थालेको छ । 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update