बैतडी –बैतडीमा आइतबार बिहान फेला परेको एक युवकको शवको पहिचान हुन सकेको छैन् । पाटन नगरपालिका वडा नं ३ र ६ को सीमाना सैन्देउ नजिक सुर्नया नदीको किनारमा आन्दाजी २५÷२६ बर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले बताए ।
शवको बेवारिसे मुचुल्का बनाएर परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको उनले बताए । अझै पनि शवको पहिचानका लागि हुलिया सहित सबै प्रहरी युनिटमा जानकारी दिइएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ १७:४३
प्रतिक्रिया दिनुहोस्