बैतडी –सुदूरपश्चिममा आइतबार थप ३८७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा १ हजार ३६९ जनाको नमूना परीक्षण गर्दा थप ३८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
प्रदेशभरी पीसीआर विधिबाट परीक्षण गर्दा ५३ जना र एन्टीजेन विधिबाट परीक्षण गर्दा ३३४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४० जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८ १८:३७
प्रतिक्रिया दिनुहोस्